आजदेखि भृकुटीमण्डपमा सातौं ‘हब्र्स आयुर्वेद एक्सपो’ सुरु

Advertisement

काठमाडौंः नेपाल हब्र्स हर्बल उत्पादक संघको आयोजनामा नेपालमा उत्पादित जडिबुटीको निकासी तथा निर्यात प्रर्बद्धन गर्ने उद्देश्यका साथ काठमाडौंको भृकटीमण्डपमा ‘सातौ नेपाल हब्र्स आयुर्वेद एक्स्पो २०१८’ मेला सुरु भएको छ । संघले ‘अमृत जडीबुटी तपोभुमीको संकल्प, प्रयोग गरौं आरोग्य जीवनको विकल्प, स्वास्थ र सुखी नेपालीको चाहना, समृद्धिका लागि जडीबुटी उद्यम’ भन्ने मुल नाराका साथ एक्सपोको आयोजना गरेको हो ।

वन तथा वातावरण मन्त्री शक्ती बस्नेतले हाल देशमा संविधान बनिसकेको अवस्थामा अबको लक्ष्य आर्थिक प्रगतीको भएको बताएका छन् । उनले आर्थिक प्रगतीका लागि नेपालमा प्रशस्त मात्रामा प्राकृतीक स्रोत साधन रहेपनि त्यसको सदुपयोगको अभावमा देशवासी गरिब भएको बताए ।

मन्त्री बस्नेतले सरकारले पुराना नीति नियमलाई परिवर्तन गर्ने बताउँदै जडीबुटीको प्रसोधन, ब्राण्डीङ र संरक्षणमा सरकार लाग्ने बताए । यस्का लागि अब नीजि क्षेत्र र सरकार दुवै मिलेर आजै बाट काम थाल्न पर्ने मन्त्री बस्नेतले बताए ।

आयोजक संघका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले नेपालको उत्पादनलाई विश्व बजारमा पुर्याउने उद्देश्यका साथ मेलाको आयोजना गरिएको बताए । उनले मेलामा देशका कुनाकाप्चामा उत्पादित वस्तुलाई बजारीकरण गर्ने उद्देश्य संघको रहेको बताए ।

घिमिरेले गत वर्ष करिब एक अर्ब रुपियाँ बराबरको जडीबुटी निकासी तथा पैठारी भएपनि पछिल्लो १० वर्षमा १० प्रतिशत मात्र उत्पादन भएको जानकारी दिए । उनले हाल नेपालमा तीन सय २० प्रकारका जडीबुटी प्रसोधन तथा संकलन हुने गरेको बताए ।

व्यापार तथा निकासी केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले नेपाल जडीबुटी उत्पादनको लागि उपयुक्त स्थान रहेको बताए । उनले नेपालबाट जडीबुटी उत्पादन र निकासी गरेर अर्थतन्त्रलाई समृद्ध बनाउँन सकिने बताए ।

यस्तै नेपाल चेम्बर अफ कर्मसका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले देशको जीडीपी घटिरहेको र युवायुवती रोजगारको खोजीमा विदेश गईरहेको बेलामा जडीबुटी उत्पादनमा लगानी बढाएर रोजगारी सृजना गर्न सकिने बताए । अहिले कायम प्रतव्यक्ती आयलाई डेढ गुणाले वृद्धि गर्दै केही वर्षमा साढे दुई ल%

Advertisement

Advertisement

Advertisement