म्याराथन दौडका लागि शुल्क निर्धारण

Advertisement

रसुवाः लाङ्टाङ पदमार्गमा हुने अन्तर्राष्ट्रिय म्यारथन दौडमा सहभागी हुनेहरूका लागि प्रवेश शुल्क निर्धारण गरिएको छ ।

ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान) का प्रथम उपाध्यक्ष जीवन थापा मगरका अनुसार दौडमा सहभागी हुन नेपालीका लागि दुई हजार पाँच सय र विदेशीका लागि ७५ युएस डलर शुल्क निर्धारण गरिएकोे हो ।

टानको आयोजनामा आगामी जेठ ५ गते हुने दौड समुद्री सतहदेखि तीन हजार नौ सय मिटरको उचाइ लाङ्टाङको क्याङ्जिनदेखि शेर्पा गाउँ हुँदै ४२ किमी दूरीको स्याफ्रुबेँसीसम्म दौडमा प्रथम, द्वितीय, तृतीयका लागि पुरस्कार रकमसमेत निर्धारण गरिएको छ ।

म्मराथन दौडका लागि महिला पुरुष दुवैलाई छुट्टाछुट्टै पुरस्कार व्यवस्था गरिएको र प्रथमलाई १० लाख पाँच हजार, द्वितीयलाई ७८ हजार र तृतीयलाई ५२ हजार पुरस्कार प्रदान गरिने जनाइएको छ ।

यो तेस्रो पटक हुने दौडमा एकसयभन्दा बढी सहभागी हुने र यसकोे सुरक्षा व्यवस्थाका लागि प्रहरी तयारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव सिलवालले बताउनुभयो ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जको संरक्षित क्षेत्रमा पर्यटकीय पदमार्ग भएका कारण वातावरण संरक्षणका लागि मानव सिर्जित फोहर ठाउँठाउँमा राखिएको डम्पिङ साइडमा मात्र फल्ने व्यवस्था मिलाउन आयोजक संस्था टानलाई आग्रह गरिएको निकुञ्जका रेञ्जर रमेश बस्नेतले जानकारी दिनुए ।

Advertisement

Advertisement

Advertisement