माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवा घान्द्रुकमा

Advertisement

काठमाडौंः माछापुच्छ्रे बैंकले कास्कीको घान्ल्रुकमा एकशाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । शुक्रबार बैंकले अन्नपुर्ण गाउँपालिको घान्द्रुकमा शाखा रहित बैकिङ सेवा संचालनमा ल्याएको छ ।

यो सहित आफ्नो हालसम्म १९ शाखा रहित बैंकिङ सेवा सुचारु भइसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मागर्ने र झिक्ने, रेमिट्यान्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत सुविधा रहेको छ ।

बैंकले नेपालमै पहिलो पटक रियल टाइम खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउँदै आएको छ ।

बैंकको ६४ वटा शाखा, दुई एक्स्टेन्सन काउन्टर, १९ शाखा रहित बैंकिङ सेवा समेत गरी जम्मा ८५ स्थानबाट ससेवा दिँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement