सिरहामा गहुँ उत्पादनमा वृद्धि

Advertisement

लहानः सिरहामा यस वर्ष गहुँ उत्पादनमा वृद्धि भएको छ । जिल्लाको कुल खेतीयोग्य जग्गामध्ये यस वर्ष १८ हजार हेक्टर क्षेत्रफलमा गहुँबाली लगाइएकामा प्रतिहेक्टर दुई दशमलब पाँच मेट्रिक टनका दरले ४५ हजार मेट्रिक टन गहुँ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा रामचन्द्र यादवले बताए ।

गत वर्ष भने प्रतिहेक्टर दुई मेट्रिक टनका दरले ३६ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो । यस वर्ष उन्नत जातको बीउ वितरण गरिएको, समयमै वर्षा भएको र रोगकीराको प्रकोप कम भएकाले गहुँ उत्पादनमा वृद्धि भएको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement