सिण्डिकेट कायम राख्ने यातायात व्यवसायीको प्रयास असफल, हडताल फिर्ता गर्ने निर्णय

Advertisement

काठमाडौंः सिण्डिकेटको समर्थनमा देशव्यापी हड्ताल गरेका यातायात व्यवसायी तत्कालका लागि पछि हटेका छन् । यातायात व्यवसायी महासंघले वार्ताको माध्यमबाट सबै समस्यालाई समाधान गर्न सकिने भन्दै तत्कालका लागि हड्ताल फिर्ता गरेको हो ।

महासघले एक प्रेस विज्ञप्ति निकाल्दै बन्द फिर्ता गरिएको घोषणा गरेको छ । साथै, महासंघले सरकारसँग समस्या समाधानका लागि आग्रह समेत गरेको छ । तर, व्यवसायीले सिण्डिकेटको समर्थन गर्दै शुक्रवारदेखि देशभर यातायात बन्दको घोषणा गरेको थियो ।

व्यवसायीले सेवा बन्द गरेसँगै सरकार व्यवसायीविरुद्ध आक्रमक रुपमा प्रस्तुत भएपछि सिण्डिकेट पक्षधर पछि हटेका हुन् । सेवा बन्द भएपछि सरकारले यातायात व्यवसायीका पदाधिकारीहरुलाई धमाधम पक्राउ गरेको थियो ।

उनीहरुले यातायासँग सम्बन्धित समस्यालाई वार्तामार्फत समाधान गर्न सकिने बताएका छन् । यस्तै महासंघले देशभरबाट पक्राउ गरिएका यातायात व्यवसायीलाई विना सर्त सरकारले रिहाइ गर्न माग गरेको छ ।

Advertisement

Advertisement

Advertisement