सिरहामा गहुँ उत्पादन बढ्यो

Advertisement

लहानः सिरहामा यस वर्ष गहुँ उतपादन फस्टाएको छ । गहुँ उत्पादनमा वृद्धि भएसंगै किसानहरु खुसी भएका छन् ।

जिल्लामा यो वर्ष १८ हजार हेक्टर क्षेत्रफलमा गहुँबाली लगाइएकोमा प्रतिहेक्टर २ दशमलव ५ मेट्रिक टनका दरले ४५ हजार मेट्रिक टन गहुँ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा रामचन्द्र यादवले जानकारी दिए । गत वर्ष भने प्रतिहेक्टर २ मेट्रिक टनका दरले ३६ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।

यस वर्ष उन्नत जातको बीउ प्रयोग गरिएको, समयमै वर्षा भएको र रोगब्यादी कम लागेकाले उत्पादनमा वृद्धि भएको छ ।

Advertisement

Advertisement

Advertisement