प्रेसर कुकर बम विस्फोट र आगलागी

Advertisement

नेपालगञ्जः बाँके जिल्लाको हवल्दारपुरमा रहेको कालिका निर्माण कम्पनीको साइट अफिसमा अज्ञात समूहले प्रेसर कुकर बम विस्फोट गराएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले गएराति करीब साढे १२ बजेको समयमा प्रेसर कुकर बम विस्फोट भएको बताए ।

बम विस्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले आज एकजनालाई पक्राउ गरेको छ ।

यसैबीच, बाँकेको कोहलपुर नगरपालिका–१० स्थित रामनगरमा रहेको चर्चमा गएराति आगलागी भएको छ । आगलागीबाट मानवीय क्षति नभए पनि भौतिक क्षति पुगेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार, गएराति करीब १ बजे आगलागी भएको हो ।

आगलागीबाट प्रार्थना गर्ने हलमा भएका कार्पेट, पंखा आदि जलेर नष्ट भएका छन् । घटनाको प्रकृति हेर्दा चर्चमा अज्ञात समूहले आगजनी गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

Advertisement

Advertisement

Advertisement