नेपाल इन्स्योरेन्सको बोनस तथा हकप्रद शेयर पारित, अब पूँजी एक अर्ब नाघ्ने

Advertisement

काठमाडौंः नेपाल इन्स्योरेन्स कम्पनीको ६९ औं वार्षिक साधारणसभाले बोनस तथा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । शुक्रबार सम्पन्न सभामा कम्पनीको हाल कायम रहेको चुक्तापूँजीको ४ दशमलव ५२ प्रतिशत बोनश शेयर वितरण गर्ने तथा ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित भएको हो ।

बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी ६१ करोड ७६ लाख रुपियाँ पुग्नेछ भने हकप्रद शेयर जारी गरेपछि पूँजी एक अर्ब एक करोड रुपियाँ पुग्नेछ । निर्जीवन बीमा व्यवसाय गर्दै आएको नेपालको सबैभन्दा पूरानो विमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीको हालसम्म ५७ शाखा रहेका छन् ।

Advertisement

Advertisement

Advertisement