साताको पहिलो दिनमै नेप्से दोहोरो अंकले ओर्लियो

Advertisement

काठमाडौंः साताको पहिलो दिन आइतबार सेयर बजार परिसुचक नेप्से १२ अंकले घटेर एक हजार ३५३ अंक कायम भएको छ भने कारोबार रकम पनि ३६ करोड रुपियाँमा सीमित भएको छ ।

आज वित्तबाहेक कुनै पनि समूहको उपसुचकमा सुधार आउन सकेन । बाणिज्य बैंक समूहमा झण्डै एक प्रतिशतको गिरावट भएको छ भने होटल र जलविद्युत समूहको गिरावट एक प्रतिशतभन्दा बढि छ ।

कारोबारतर्फ हेर्दा आज सबैभन्दा धेरै कारोबार नेपाल बैंकको भएको छ । सो बैंकको दुई करोडभन्दा बढि सेयर किनबेच भयो भने बुटवल पावर कम्पनीको एक करोड ८९ लाख रुपियाँको किनबेच भयो ।

Advertisement

Advertisement

Advertisement