वाणिज्य बैंकका अध्यक्ष महेन्द्रमान गुरुङले लिए शपथ

Advertisement

काठमाडौंः राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त अध्यक्ष महेन्द्रमान गुरङले वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम आईतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीबी नेपालले शपथ खुवाएका हुन् ।

अध्यक्ष महेन्द्रमान गुरुङ नेपाल सरकार संचार मन्त्रालयका सचिव पनि हुन् । सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक श्री नारायणप्रसाद पौडेल, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Advertisement

Advertisement

Advertisement