बीकेटीको डिलर मिट सम्पन्न, नयाँ ओटीआर टायर सार्वजनिक

Advertisement

काठमाडौंः बीकेटी टायरको नेपालका लागि आधिकारिक विक्रेता डेल्टा डिष्ट्रिब्युटर्सले डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ । बीकेटीको धुलिखेलमा आयोजना गरिएको कार्यक्रममा देशभरका डिलरहरुले सहभागीता जनाएका थिए ।

उक्त अवसरमा कम्पनीले नयाँ टायर समेत सार्वजनिक गरेको छ । माइनिङ लगायतका औद्योगिक क्षेत्रमा प्रयोग हुने गाडीका लागि उपयुक्त अर्थम्याक्स रेडियल टायरलाई कम्पनीले नेपाली बजारमा भित्र्याएको हो । टायर टिकाउ, शतप्रतिशत पन्चर प्रुफ, तापक्रम प्रतिरोधक रहेको कम्पनीले दाबी गरेको छ ।

बीकेटी टायरका मार्केटिङ हेड पीके गांगुली तथा डीजीएम रत्नेश सिन्हा र अमल देवले बीकेटी टायरका वारेमा आवश्यक जानकारी दिएका थिए । कम्पनीले आफ्ना डिलरहरुलाई विभिन्न विधामा सम्मान गर्दै २०१७ का लागि बेस्ट डिलरको रुपमा शक्ति टायर एन्ड ट्रेडर्स र निखिल टायर सेन्टरलाई सम्मान गरेको छ ।

Advertisement

Advertisement

Advertisement