हिरोको ग्ल्यामर एसभी मोटरसाइकल र डुएट स्कुटर नेपाली बजारमा

hero-bike-scooter

काठमाडौंः नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक विक्रेता नेपाल जेनरल मार्केटिङले नेपाली बजारमा एक साथ नयाँ स्कुटर र मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले ग्ल्यामर एसभी र डुएट स्कुटर बजारमा सार्वजनिक गरेको हो ।

ग्ल्यामर एसभी १२५ सीसी क्षमता भएको आर्कषक ग्राफिक्स भएको बाइक हो । कम्पनीले बाइकका सोखिनहरुलाई यस्मा जडित आइथ्रि टेक्नोलोजी, पावरफुल १२५ सीसी इन्जिन, ट्युवलेस टायर, मस्कुलर इन्जिन लगायतका विशेष्ताले आर्कषण गर्ने बताएको छ ।

united

नेपाली बजारमा विभिन्न प्रकारका गुण भएको मोटरसाइकल ग्ल्यामरस एसभीको मूल्य एक लाख ९३ हजार रुपियाँ रहेको कम्पनीले बताएको छ । साथै, डुएट स्कुटर हिरोको एक उत्कृष्ट मोडेलको नयाँ संस्करण भएको कम्पनीले जनाएको छ ।

यसअघिनै नेपाल भर मन पराइएकाले फेरी नयाँ संस्करण ल्याइएको बताइएको छ । यसमा एडभान्स इन्जिन, एक्स्ट्रा पावर, एक्स्ट्रा पिकअप लगायतका विशेष्ता स्कुटरमा रहेको छ । स्कुटर एकदमै सुरक्षित रहेको बताइएको छ ।

नेपाली बजारमा उक्त स्कुटरको मूल्य एक लाख ७९ हजार पाँच सय रुपियाँ रहेको छ ।