सिद्धार्थ बैंकले एकै साथ आठ नयाँ शाखा थप्यो

Advertisement

काठमाडौंः सिद्धार्थ बैंकले एकै साथ आठ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बैंकिङ्ग पहुँच नपुगेका स्थानीय तहमा शाखा विस्तार गर्न यी शाखाहरु थपेको जनाएको छ ।

आइतबार रौतहटको माधवनारायण, तनहुँको दुलेगौडा, नवलपुरको गैँडाकोट, नवलपरासीको बर्दघाट, रुपन्देहीको कोटिहवा, कपिलबस्तुको जितपुर, सिराहाको लहान र झापाको सुरुङ्गामा एकै साथ आठ वटा शाखा सञ्चालनमा ल्याएको छ ।

यी शाखाहरुबाट स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशिलताको वृद्घि जस्ता आर्थिक गतिविधि बढ्ने विश्वास बैंकले लिएको छ ।

हालै सञ्चालनमा आएका शाखाहरु सहित बैंकले देशभर १०८ वटा शाखा (तीन एक्स्टेन्सन् काउन्टरसहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १०८ एटीएम र ६८७ पस मेसिनमार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement