‘एल क्लासिको’मा रियल र बार्सिलोना २-२ को बराबरीमा

Advertisement

एजेन्सीः स्पेनीस ला लिगा फुटबल प्रतियोगिताको चर्चित खेल ‘एल क्लासिको’मा रियल मड्रिड र बार्सिलोनाबीच गए राति भएको खेल बराबरीमा रोकिएको छ । स्पेनका दुई जायन्ट क्लबहरु २-२ को बराबरीमा रोकिएपछि बार्सिलोनाले अपराजित रहँदै लिगको उपाधि जित्ने भएको छ ।

रियल बार्सिलोनासँग ग्यारेग बेलको गाले मदतमा बराबरीमा रोकिएको हो । खेलमा बार्सिलोनाले घरेलु मैदानमा भएको खेलमा सुरुवाती १०औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । बार्सिलोनाका लागि स्वारेजले सुरुवाती गोल गरेका थिए ।

तर, त्यसको चार मिनेटपछि नै रोनाल्डोले गोल गर्दै रियललाई बराबरीमा फर्काए । पहिलो हाफको थप समयमा बार्सिलोनाका सार्गी रोबर्टोले रातो कार्ड पाए । १० खेलाडीमा सिमित बार्सिलोनाले दोस्रो हाफमा २-१ को अग्रता लियो । लिओनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

खेलको ७२औं मिनेटमा रियलका लागि बेलले बराबरी गोल गरे । बराबरीसँगै बार्सिलोनाले सिजनमा अपाराजित रहँदै लिग जित्ने लक्ष्य राखेको छ ।

Advertisement

Advertisement

Advertisement