नेपालमा वाटर पम्पको उत्पादन सुरु

Advertisement

काठमाडौंः औघोगीक कल करखानको बृद्धीसँगै मेसीनरी औजारहरुको माग दिन प्रतिदीन बढदो क्रममा रहेको छ । मेसीनरी उपकारणमा पूर्ण रुपमा आयतमा नै भरपर्दै आईरहेको नेपाली अर्थतन्त्रमा मेसनरी उत्पादन उद्योग स्थापना फलामको चिउरा चपाउनु सरह भए पनी आर्फमा गौरव पूर्ण कुरा हो ।

यस्तै एक नँया थालनी गरेको छ, तुलसी मोटर पम्प ईण्डष्ट्रीज ले । बि.स. २०५२ सालमा बिराटनगरमा स्थापीत तुलसी बहुमुखी सहकारी संस्थाको प्रत्यक्ष लगानीमा तथा शिखर अर्गनाईजेशनको प्रवद्र्धनमा नेपालमानै पहिलो पटक नेपाली माटो सुहाउदो सस्तो एवंम गुणस्तरीय वाटर पम्प उत्पादन गर्ने उद्देश्यले तुलसी मोटर पम्प ईण्डष्ट्रीज संचालनमा आएको छ



यस कम्पनीले पूर्वी नेपालको बिराटनगरमा ईण्डष्ट्री स्थापना गरी शिखर ब्राण्डका पानी तान्ने पम्पहरु उत्पादन गरिरहेको छ ।

कम्पनीका प्रवन्धक समिता न्यौपानेका अनुसार नेपालमै पहिलो चोटी स्थानीय जनशक्ति एवंम स्थानीय स्रोत र साधनको प्रयोग गरी अन्तर्राष्ट्रिय गुणस्तरयुक्त वाटर पम्प उत्पादन गर्दै आईरहेको छ । यस सस्थाले कृषि, उद्योग र घरायसी प्रयोजनलाई विशेष प्रथमीक्तामा राखेर पम्पहरु उत्पादन गरीरहेको छ ।

Advertisement

Advertisement

Advertisement