अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ४ वर्ष यताकै उच्च

Advertisement

एजेन्सीः विश्व बजारमा तेलको मूल्य सन २०१४ यताकै उच्च भएको छ । अमेरिका इरानसँगको आणविक सम्झौताबाट पछाडी हट्ने सम्भावनाका बढेपछि तेलको मूल्य उच्च भएको हो ।

हाल तेलको मूल्य विश्व बजारमा ७० अमेरिकी डलर नाघेको छ । सन् २०१५ मा भएको अमेरिकासँग इरानको आणविक सम्झौताका कारण इरानले विश्वमा कच्चा तेल निकासीको मात्रा बढाउन पाएको थियो ।

तर, अमेरिकाको ट्रम्प प्रशासनले उक्त इरानसँगको सम्झौताबाट हात झिक्ने चेतावनी दिएपछि तेलको मूल्य आकासिएको हो ।

ओपेक राष्ट्र तथा रुसले आपूर्तीमा कटौती गरेको कारण पनि मूल्य बढेको बताइएको छ ।

Advertisement

Advertisement

Advertisement