अवैधरुपमा संचालित यातायात समितिका बैंक खाता रोक्का

Advertisement

काठमाडौंः नेपाल राष्ट्र बैकंले रुपमा सञ्चालित दुई सय ४५ वटा यातायात समितिका बैंक खाता रोक्का गरेको छ । सरकारले यातायात समितिहरुको सम्पत्ति छानबिन गर्ने घोषणा गरेसँगै नेपाल राष्ट्र बैंकले ती समितिहरुको बैंक खाता रोक्का गरेको हो ।

बैंकले सरकारी निर्देशनशनअनुसार अवैध रुपमा सञ्चालित यातायात समितिको बैंक खाता रोक्का गरिएको जनाएको छ । राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेले अब सरकारकै निर्देशन नआएसम्म ती खाता फुकुवा नहुने बताएका छन् ।

नेपाल सरकार, अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाको पत्रअनुसार तोकिएका समितिहरुको खाता रोक्का गर्न निर्देशन आएको राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई पठाएको पत्रमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार सातवटै प्रदेशका समितिका खाता रोक्का भएका हुन् ।

ती मध्ये प्रदेश १ मा ३५ वटा, २ मा १० वटा, ३ मा एक सय १८ वटा, ४ मा २४ वटा, ५ मा ४० वटा, कर्णालीमा १२ वटा र प्रदेश ७ मा ९ वटा यातायात समिति परेको जनाएको छ । सरकारले पठाएको पत्रको आशयका आधारमा यो संख्या अझै बढ्न सक्ने राष्ट्र बैंकले जनाएको छ । यी खातामा भएको रकमबारे खुलासा गरिएको छैन ।

Advertisement

Advertisement

Advertisement