इन्जिनियरले बनाए हाइड्रोपावरको पानी नाप्ने नयाँ प्रविधि

Advertisement

काठमाडौंः युवा इन्जिनियरहरुले नदी वा खोलाको एक किनारामा बसेर अर्को किनारासम्मको पानी नाप्न मिल्ने अन्तर्राष्ट्रियस्तरको ‘केबल वे’ प्रविधि निर्माण गरेका छन् ।

धेरै पहिले पानी नाप्नको लागि तारको लठ्ठामा टेकेर वारि–पारि गर्नुपर्दा असुरक्षित हुन्थ्यो । तर, ‘हामीले बनाएको नयाँ प्रविधिबाट खोलाको एक किनारामा बसेरै सम्पूर्ण नापजाँच गर्न सकिने र यस प्रविधिबाट खोलाको सेडिमेन्टसमेत नाप्न सकिने इन्जिनियर अनुप खनाले बताए ।

‘केबल वे’को नयाँ प्रविधिलाई नमूनाको रुपमा ३३५ मेगावाटको माथिल्लो अरुण, ३० मेगावाटको इखुवा खोला हाड्रोपावर प्रोजेक्टमा प्रयोग गरिएको छ । सो प्रविधिको शनिबार बालाजुस्थित यन्त्रशालामा माथिल्लो अरुणका प्रमुख विश्वध्वज जोशी र चिनियाँ परामर्शदात्री संस्थाका टिम लिडर हुलेले संयुक्त रुपमा उदघाटन गरेका थिए ।

कार्यक्रमा हाइड्रोपावरका जानकार लीलानाथ भट्टराईले तर्न नसकिने ठूला नदी तथा खोलाको पानी नाप्न र सेडिमेन्ट नाप्नको लागि यो नयाँ प्रविधी उपयोगी हुने बताए ।

Advertisement

Advertisement

Advertisement