ज्योति लाइफ इन्स्योरेन्सको नाफा साढे छ करोड मात्र, १९ प्रतिशतले घट्यो

Advertisement

काठमाडौंः ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा छ करोड ४६ लाख रपियाँ खुद मुनाफा गरेको छ । कम्पनीको यो मुनाफा गत वर्षको तुलनामा १९ दशमलव ४५ प्रतिशतले कम हो ।

एक अर्ब ५४ करोड रुपियाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडाकोषमा करिब नौ करोड ९९ लाख रुपियाँ र जीवन विमा कोषमा नौ करोड ८० लाख रुपियाँ राखेको छ । कम्पनीको आम्दानीमा १७ दशमलव ५१ प्रतिशतले घटेर सात करोड ७७ लाख रुपियाँ पुगेको छ भने खर्चमा छ दशमलव ४७ प्रतिशतले घटेर एक करोड ३० लाख रुपियाँ पुगेको छ ।

कम्पनीले यस अबधिमा बीमा शुल्क (खुद) १० करोड ९० लाख रुपियाँ आर्जन गरेको छ भने गत वर्ष सोहि अवधिमा कम्पनीले २ करोड ९२ लाख रुपैयाँ बीमा शुल्क आर्जन (खुद) गरेको थियो । कम्पनीले यस अबधिमा दुई करोड ३० लाख रुपैयाँ बराबरको भुक्तानी दाबी (खुद) गरेको छ भने गत वर्ष सोहि अवधिमा ६७ लाख रुपियाँ रहेको थियो ।

कम्पनीको कुल बीमाशुल्क आर्जन रकम भने ११ करोड २० लाख रुपियाँ रहेको छ । कम्पनीले यस अबधिमा २ हजार ८ सय ३३ वटा (संख्या) बीमालेख जारी गरेको छ ।

Advertisement

Advertisement

Advertisement