डडेल्धुरा मासुमा आत्मनिर्भर बन्दै

Advertisement

डडेल्धुराः डडेल्धुरा cको मासुमा आत्मनिर्भर बन्दै गएको छ । केही समययतादेखि बाख्रापालन गर्ने किसानको संख्यामा वृद्धि भएसँगै डडेल्धुरा खसीको मासुमा आत्मनिर्भर बन्दै गएको हो ।

जिल्लामा वर्षेनी यहाँबाट ३५ देखि ५० हजार खसी बोका अन्य छिमेकी जिल्लामा बिक्रीका लागि लैजाने गरेको जिल्ला पशु सेवा कार्यालयको तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्षमा २० लाख १२ हजार किलो खसी बोकाको मासु उत्पादन भएको पशु विकास अधिकृत खडक शाहले जानकारी दिनुभयो ।

जिल्लाको अजयमेरु, भागेश्वर र आलिताल गाउँपालिका तथा पर्शुराम नगरपालिकाका किसानले व्यावसायिक रुपमा बाख्रापालन गर्न थालेका छन् । जिल्ला पशु विकास कार्यालयले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउन थालेपछि यहाँका किसान आधुनिक खोर सुधारका साथै बाख्राको नस्ल सुधार गरेर बाख्रापालन गर्न थालेका छन् । अहिले खसीको मासु उत्पादनमा वृद्धि हुँदै गएको छ ।

कम लगानी र छोटो समयमा पर्याप्त आम्दानी हुन थालेपछि यहाँका किसान अन्य पशु पालन छोडेर बाख्रापालन गर्न थालेका छन् । जिल्लाका ग्रामीण क्षेत्रमा सडक सञ्जालले जोडेसँगै बाख्रापालन गतिलो आम्दानीको स्रोत बनेको छ । डडेल्धुरामा प्रतिकिलो खसीको मासु रु ६०० मा बिक्री हुने गरेको छ । व्यावसायिक रुपमा खसीबाख्रा पालन गर्ने किसानको संख्या वर्षेनी बढ्दै गएको कार्यालयले जनाएको छ

Advertisement

Advertisement

Advertisement