काठमाडौंः एनआईसी एशिया बैंकले रेमिटवेर पेमेन्ट इंकसँगको सहकार्यमा क्यानडा र युएईमा इनर्वाड रेमिट्यान्सको सुरुवात गरेको छ । बैंकले रेमिटवेर पेमेन्स इंकसँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेसँगै इनवार्ड रेमिटेन्स सुरु गरेको हो ।
उक्त सम्झौता अनुसार रेमिटवेरमार्फत क्यानडा र युएईबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको दुई सय वटा शाखाहरु बाट पाउन सकिने बैंकले जनाएको छ ।
साथै बैंकको पाँच हजार ५०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने जनाइएको छ । बैंकको देशभर दुई सय शाखा कार्यालयहरु, दुई सय एटिएम, पाँच वटा एक्स्टेन्सन काउन्टर र छ वटा शाखारहित बैंकिङमार्फत सेवा दिँदै आएको छ ।