कैलाश विकास बैंकको ४९ औँ शाखा सिराहाको बेल्हामा

Advertisement

काठमाडौंः कैलाश विकास बैंकले आफ्नो ४९औँ शाखा सिराहाको बेल्हामा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डललले गरे ।

योसहित बैंकको शाखा संख्या ४९ पुगेका छ भने एटिएम संख्या २२ पुगेका छ । बैंकले निकट भविष्यमा पर्साकोे वीरगञ्ज, मनाङको धारापानी लगायतका स्थानमा पनि शाखा थप्ने तयारी रहेको छ ।
राष्ट्रियस्तरको यस विकास बैंकको चुक्तापूँजी दुई अर्व ५२ करोड रुपियाँ रहेको छ । यस बैंकले हालसम्म २० अर्व १४ करोड रुपियाँ निक्षेप संकलन गरी १८ अर्ब ६६ करोड रुपियाँ कर्जा प्रवाह गरेको जनाएको छ ।

बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ सेवाबाहेक मोबाइल बैंकिङ, एसएमएस बैंकिङ इन्टरनेट बैंकिङ सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement