मेगा बैंकको एकैसाथ ११ वटा शाखा विस्तार

Advertisement

काठमाडौँः मेगा बैंकले बैशाख महिनाभित्र ११ वटा नयाँ शाखा खोल्ने भएको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर ग्रामीण भेगमा शाखा विस्तार गर्न लागेको बैंकले जनाएको छ ।

बैंकले पाँचथरको कुमायकमा आइतबार र सिन्धुपाल्चोकको इन्द्रावतीमा सोमबार नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखा विस्तार हुन लागेका स्थानहरुमा बर्दियाको गेरुवा गाउँपालिका, इलामको रोङ, उयदपुरको रौतमाई गाउँपालिका, धनुषाको लक्ष्मीनिया गाउँपालिका, सिरहाको विष्णुपुर गाउँपालिका र गोरखाको भीमसेन गाउँपालिका, तनहुँको भानु नगरपालिका र स्याङ्जाको भीरकोट नगरपालिका छन् ।

मेगा बैंककी सिइओ अनुपमा खुञ्जेली भन्छिन, ‘यही साता अन्य ९ ठाउँमा पनि शाखा खोल्न लागेका छौँ । मेगाले शाखा विस्तार गर्न लागेको ठाउँमा अहिलेसम्म ‘क’ बर्गको बाणिज्य बैंक पुगेका छैनन् । घरदैलोमै राष्ट्रियस्तरको बैंकको सुविधा पाउने आशमा सर्वसाधारणहरु उत्साहित देखिएका छन् ।

स्थापनाकालदेखि नै आर्थिक समावेशितालाई मुख्य प्राथमिकता दिँदै आएकाले बैंकिङ पहुँचमा नपुगेका नेपालीहरुलाई सेवा प्रवाह गर्न मेगा बैंक तल्लीन रहेको सिइओ खुञ्जेलीले बताइन ।

योसँगै मेगा बैंकका तीन वटा एक्टेन्शन काउन्टरसहित ४९ वटा शाखा पुगेको छ । मेगा बैंकको ५४ वटा मेगा मनी मेशिन, ५८ शाखारहित बैंकिङ सेवा र देशभर छरिएका मेगा रेमिटका १८ सय भन्दा बढी एजेन्ट छन् ।

Advertisement

Advertisement

Advertisement