चौतारी लघुवित्तको सेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

Advertisement

काठमाडौंः चौतारी लघुवित्त वित्तीय संस्थाले निष्काशन गर्न लागेको पाँच लाख ४० हजार कित्ता सेयरको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । प्रति सेयर एक सय रुपियाँ अंकितको दरमा निष्काशन हुने उक्त सेयरको बिक्री तथा प्रबन्धकमा एनआईबिएल छानिएको हो ।

सेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा चौतारी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरे र एनआईबिएलको तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरे ।

चौतारी लघुवित्तको अधिकृत पूँजी ३० करोड रुपियाँ, जारी पूँजी १८ करोड रुपियाँ, र चुक्ता पूँजी १२ करोड ६० लाख रुपियाँ रहेको छ । कम्पनीको सेयर निष्काशनपछि भने चुक्ता पूँजी १८ करोड रुपियाँ पुग्ने छ ।

बुटवलमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र विभिन्न जिल्लाका महिलाहरुलाई समूहमा आबद्घ गरी १७ करोड ६४ लाख ५२ हजार रुपियाँ बचत संकलन गरेको छ ।

Advertisement

Advertisement

Advertisement