स्वीजरल्याण्डको नेस्लेले ७१० करोड डलरमा किन्यो स्टारबक्स कफीको बजार स्वामित्व

Advertisement

एजेन्सीः स्वीजरल्याण्डको अन्तर्राष्ट्रिय कम्पनी नेस्लले महंगो मूल्यमा स्टारबक्सको कफी बिक्रीका लागि कम्पनीसँग सम्झौता गरेको छ । नेस्लेले स्टारबक्सको कफाी बिक्रीका लागि कम्पनीसँग सात सय १० डलरको सम्झौता गरेको हो ।

हाल स्वीजरल्याण्डको चर्चित कम्पनी नेस्लेले नेस्क्याफे, नेस्फ्रेसो जस्ता अन्तर्राष्ट्रिय स्तरका कफी बेच्दै आएको छ । स्टारबक्ससँगको महँगो सहमतीपछि अब नेस्लले उक्त कम्पनीबाट उत्पादित कफी पनि बेच्ने भएको छ ।

नेस्लेले स्टारबक्स कम्पनीको बार्षीक दुई सय करोड डलर बराबरको कफी बिक्री गर्ने लक्ष्य लिएको छ । नेस्लेको प्रमुख कार्यकारी अधिकृत मार्क श्नाइडरले अब स्टारबक्सको उत्पादन उत्तरी अमेरिकामा कारोबार विस्तार गर्ने उत्कृष्ट अबसर मिलेको बताएका छन् । उनले कम्पनीका लागि कफीको बिक्री निकै महत्वपुर्ण भएको पनि बताएका छन् ।

नेस्लेले सम्झौतापछि स्टारबक्सका करिब पाँच सय कर्मचारी नेस्लेमा आबद्ध हुने जनाएको छ । तर, उक्त सम्झौतामा रेगुलेटरी कम्जुरी मिल्न बाँकी भएपनि वर्षको अन्त्य तिर पुरा हुने बताइएको छ ।

यस्तै कम्पनीले गत वर्ष क्यालिफोर्नियाको ब्लु बोटल कफीको ६८ प्रतिशत सेयर ४२ करोड डलरमा किनेको थियो । उक्त ब्लु बोटल कम्पनीले अनलाईनको माध्यबाट ग्राहकलाई कफी बेच्ने गर्छ ।

Advertisement

Advertisement

Advertisement