ट्रम्पकोभन्दा कम छैन किमको सुरक्षा, गाडीसँगै दौडिन्छन् अंगरक्षक

Advertisement

एजेन्सीः उत्तर कारियाली बादशाह किम जोङ उनको सुरक्षा घेरा विश्वको सबैभन्दा मजबुद सुरक्षा घेरामध्यको एक रहेको छ । परमाणु हतियार र मिसाइल टेस्ट गरेर आफ्नो ताकत प्रदर्शन गर्ने किम विश्वका शक्तीशाली नेताको जस्तै सुरक्षा घेरामा बस्ने गरेका छन् ।

कोरियाली मीडियाका अनुसार किम छ वटा सुरक्षा घेरा भित्र बस्ने गर्छन् । उनका सबै सुरक्षा गार्ड मार्शल आर्टमा एक्पर्ट भएका बताइएको छ । किमको सुरक्षा यति मजबुद छ कि त्याँहा कसैले केही गर्छु नसोच्दा पनि हुन्छ ।

किम चढ्ने कारको चारै तिर १२ जना सुरक्षा गार्ड रहन्छन् जस्ले एकै छिनमा दुश्मनलाई पराजित गर्न सक्ने क्षमता राख्छन् । उनीहरुको क्षमता मार्शल आर्टको हुन्छ ।

किमको यात्राको समयमा पुलिसको कैयौं गाडीको पछाडी मात्र किमको गाडी रहने गर्छ । जब किमको गाडी देखा पर्छ तब उनको गाडीको साथमा उनका १२ जना अंगरक्षक दौडिरहेका हुन्छन् ।

किम जुन ठाँउमा जान्छन् त्याँहा जाने मानिसहरुले कडा सुरक्षा जाँच पास गर्नुपर्छ । यसका साथै किमको कार्यक्रम स्थलमा जाने मानिसको इलेक्ट्रोनिक ग्याजेट्स जम्मा गरिन्छ ।

कोरियन पिपुल्स आर्मी वा प्याङयोङ डिफेन्स कमांडसँग किम जोङ उनको सुरक्षा जिम्मेवारी छ । उत्तर कोरियाका डीफेक्टर री योङ गूकको किताबमा किम ट सुरक्षा घेराको बीचमा बस्ने जानकारी दिइएको छ ।

उक्त किताबमा लेखिएको छ कि त्याँहा छ सुरक्षा घेरा पार गरेर किमको छेउमा कमिला पनि जान सक्दैन । किमले केही साता अगाडी मात्र चिनको यात्रा गरे । उनले हरियो रङ रेलमा चिनको भ्रमण गरेका थिए । उक्त रेल सुरक्षाको हिसाबले पनि महत्वपुर्ण रहेको बताइएको छ ।

किम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकोभन्दा कम सुरक्षा घेरामा नबस्ने बताइएको छ । उनको सुरक्षा घेरा ट्रम्पको जस्तै भएको कोरियाली मीडियाले उल्लेख गरेका छन् ।

Advertisement

Advertisement

Advertisement