ब्रुमर खरिद अनियमितता प्रकरणः अख्तियारले छापा मारी लग्यो महानगरको महत्वपूर्ण कागजाज

Advertisement

काठमाडौंः काठमाडौं महानगरपालिकाले खरिद गर्न लागेको रोड स्विपर (ब्रुमर) खरिदमा ठूलो अनियमितता भएको तथ्य बाहिर आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरको कार्यालयमा छापा मारी महत्वपूर्ण कागज लगेको छ ।

न्यूनतम बोलकबोल गर्ने कम्पनीलाई ठेक्का नदिई एक करोड ७० लाख रुपियाँ भन्दा बढि रकम प्रस्ताव गर्ने तेस्रो नम्बरमा रहेको बोलपत्रदातालाई बदनियतपूर्ण तरिकाले ठेक्का दिने निर्णय भएपछि अख्तियारको टोलीले शुक्रबार महानगरपालिकाको कार्यालयमा छापा मारी कागजपत्र लगेको हो ।

अख्तियारले कागजपत्र लगेको कुरालाई महानगरपालिकाका सहप्रवक्ता नमराज ढकालले पनि स्वीकार गरे । उनले भने, ‘कसैले उजुरी गरेछ । त्यही भएर अख्तियारको टोली केही सोधपुछ गर्न भनेर आएको हो । केही कागजपत्र पनि लगेको जस्तो लाग्छ ।’

ढकालले ब्रुमर खरिद प्रक्रिया पूरा नभईसकेकोले अहिले नै अनियमितता भयो भन्न नमिल्ने भन्दै प्रक्रिया पूरा भएको भए अरु पनि कागपत्र अख्तियारले लान्थ्यो होला भने । उक्त ठेक्का प्रक्रिया अहिले मूल्याङ्कनकै क्रममा रहेको उनले बताए ।

धेरै धुलो, माटो र बालुवा रहने काठमाडौंको सडकलाई भारतीय ब्रुमरहरु नै उपयुक्त हुने तथ्य सबैले स्वीकार गर्दागदै ठूलो विमानस्थल, उद्योगधन्दा, रंगशालामा प्रयोग हुने युरोपियन ब्राण्डका महंगा ब्रुमरहरु ल्याउन लागिएको भन्दै महानगरकै कर्मचारीहरुले त्यस्ता ब्रुमरहरु नेपालको सडकमा धेरै समय नटिक्ने, बिग्रिए पनि बनाउन समस्या हुने, बढि खर्चिलो हुने बताउँदै आएका छन् ।

Advertisement

Advertisement

Advertisement