पूर्णिमा विकास बैंकको नाफा पाँच करोड ८५ लाख, २२ प्रतिशतले गिरावट

Advertisement

काठमाडौंः पूर्णिमा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा पाँच करोड ८५ लाख रुपियाँ खुद मुनाफा कमाएको छ । बैंकले गत वर्षको तुलनामा २२ दशमलव ३१ प्रतिशतले घटेको हो ।

५२ करोड ५० लाख रपियाँ चुक्ता पूँजी भएको बैंकले जगेडकोषमा १२ करोड ११ लाख रुपियाँ राखेको छ । निक्षेपमा १२ दशमलव ३९ प्रतिशतले वृद्धि गरी २ अर्ब ६४ करोड ७८ लाख रुपियाँ पुर्याएको छ । जसले कर्जामा दुई अर्ब ४२ करोड ९० लाख रुपियाँ लगानी गरेको छ । जबकी गत वर्षको तुलनाभन्दा २० प्रतिशतले वृद्धि गरेको हो ।

बैंकले निष्कृय कर्जा शुन्य दशमलव २८ प्रतिशत, पुँजीकोषको अनुपात २२ दशमलव ५६ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक १४ दशमलव ८७ रुपियाँ, प्रतिशेयर नेटवर्थ एक सय २३ दशमलव ०८ रुपियाँ, मुल्य आम्दानीको आम्दानी १३ दशमलव १८ गुणा र तरलता अनुपात ३४ दशमलव ९८ प्रतिशत रहेको छ ।

Advertisement

Advertisement

Advertisement