धेरै दिनपछि सेयर बजारमा केही सुधार, ५० करोडको कारोबार

Advertisement

काठमाडौंः धेरै दिनपछि सेयर बजारमा मंगलबार सामान्य सुधार आएको छ । आज सेयर बजार परिसुचक नेप्से १५ दशमलव ६५ अंकले बढेर एक हजार ३६१ अंक कायम भएको छ भने ५० करोड रुपियाँभन्दा बढिको सेयर किनबेच भएको छ ।

किनबेचमा सुधार आउँदा सिभिल बैंक एक्लैको नौ करोड ३१ लाख रुपियाँको कारोबार भएको छ । समूहगत कारोबारतर्फ उत्पादनमूलकबाहेक सबै समूहको उपसुचक उकालो लागेका छन् । जसमा बाणिज्य बैंक समूहको उपसुचक एक प्रतिशतले, होटल समूह दुई दशलव २४ प्रतिशतले विकास बैंक एक दशमलव १६ प्रतिशत, जलविद्युत एक दशमलव २१ प्रतिशत, बीमा दुई दशमलव १८ प्रतिशत, लघुवित्त दुई दशमलव सात प्रतिशतले बढेको छ ।

Advertisement

Advertisement

Advertisement