नागबेली लघुवित्तको नाफा ३४ प्रतिशतले घट्यो

Advertisement

काठमाडौंः नागबेली लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष को तेस्रो त्रैमासम्ममा एक करोड ८३ लाख रुपियाँ कमाएको छ । गत वर्षको तुलनामा ३४ दशमलव ९८ प्रतिशतले घटेर नाफामा गिरावट आएको हो ।

सात करोड ६६ लाख रुपियाँ चुक्ता पुँजी भएको नागबेली लघुवित्तले जगेडाकोषमा छ करोड ४५ लाख रुपियाँ राखेको छ । जसले कर्जामा ६७ करोड ६७ लाख रपियाँ लगानी गरेको छ । जसको खुद व्याज आम्दानी २८ दशमलव ३० प्रतिशतले घटेको छ भने संचालन मुनाफा ५२ दशमलव २७ प्रतिशतले घटेको छ । जसले गर्दा मुनाफा पनि घटेको हो ।

लघुवित्तको निष्कृय कर्जा ३ दशमलव ७३ प्रतिशत, पूँजीकोष अनुपात १९ दशमलव ७३ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ३१ दशमलव ९९ रुपियाँ, मुल्य आम्दानीको अनुपात ७७ दशमलव ८३ गुणा, प्रतिशेयर नेटवर्थ १५८ दशमलव १३ रुपियाँ र तरलता अनुपात २२ दशमलव ४५ प्रतिशत रहेको छ ।

Advertisement

Advertisement

Advertisement