धानको दुई जात विकसित

Advertisement

काठमाडौः तराई/भित्री मधेश लगायतका क्षेत्रमा सुख्खा र डुबानलाई प्रतिकूल अवस्था सहन सक्ने धानको दुईवटा जात विकसित भएको छ । नेपाल कृषि अनुसन्धान परिषद्ले हालै बहुगुणी धान १ र बहुगुणी धान २ नामक दुई जातका धानको लामो अनुसन्धानपछि उन्मोचन गरेको हो । चैते र वर्षे दुवै समयमा लगाउन सकिने हर्दिनाथ– ३ र चैते समयका लागि मात्र चैते–५ जातको उन्मोचन गरेको हो ।

नेपालको प्रमुख बालीअन्तर्गत धानको उत्पादनमा वृद्धि गर्न परिषद्ले सो बालीको नयाँ जातको बीउ उन्मोचन गरेको हो । समग्र कृषि क्षेत्र (अन्न्नबाली, तरकारीबाली र पशुपक्षी) को अनुसन्धानमा सक्रिय परिषद्को २७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा परिषद्का कार्यकारी निर्देशक डा वैद्यनाथ महतोले धानबालीलाई विश्वबजारसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउन वर्णशंकर ९हाइब्रिड० धानका हर्दिनाथ– १ र हर्दिनाथ– १० नामक दुई जात उन्मोचनका क्रममा रहेको जानकारी दिए ।

मकै बालीअन्तर्गत रामपुर– ८ र रामपुर– १० नामक जातका वर्णशंकर पञ्जीकरण गरिएको, तराई÷भित्री मधेश तथा बेसीका लागि रामपुर– ४, मनकामना– ७ तथा बढी प्रोटिन भएको पोषिलो मकै– २ उन्मोचन गरिएको उनले बताए ।

यसैगरी मध्य र उच्च पहाडी भेगका लागि विभिन्न खाले सिन्दूरे रोग सहन सक्ने गहुँका मुनाल १ र च्याखुरा १ जातका बीउ उन्मोचन गरिएको तथा सुजी र पास्तासमेत बनाउन मिल्ने खजुरा ड्याम १ र खजुरा ड्याम २ जातका गहुँका नयाँ बीउसमेत सार्वजानिक गरिएको छ ।

परिषद्ले जुनारको बोक्रोबाट केक तथा क्यान्डी बनाउने तथा अकबरे र जिरेलगायत अन्य खुर्सानीको स्वाद वर्षैभरि लिन सक्ने हट सस प्रविधिको समेत विकसित गरेको छ ।

Advertisement

Advertisement

Advertisement