सबै स्थानीय तहमा कृषि अनुसन्धान केन्द्र स्थापना हुने

Advertisement

काठमाडौंः सरकारले विभिन्न स्थानीय तहमा कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ। नेपाल कृषि अनुसन्धान परिषद्ले सबै स्थानीय तहमा कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने कार्ययोजना ल्याएको हो ।

परिषद्का कार्यकारी निर्देशक वैद्यनाथ महतोले सबै प्रदेशहरूमा कृषि अनुसन्धान परिषद्को क्षेत्रीय कार्यालय सञ्चालनमा ल्याइएको जानकारी दिएका छन्।

मंगलबार २७ औं वार्षिकोत्सव मनाएको परिषद्ले अब स्थानीय तहमा पनि कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने घोषणा गरेको हो। सबै स्थानीय तहमा केन्द्र स्थापनाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पनि प्रस्ताव पेश गरिएको कार्यकारी निर्देशक महतोले बताए।

कार्यक्रममा कृषि वैज्ञानिकहरूले कृषि क्षेत्रको विकासका लागि अनुसन्धानको कामलाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताए ।

Advertisement

Advertisement

Advertisement