विश्व बैंक नेपालमा नयाँ ‘कन्ट्री म्यानेजर’

Advertisement

काठमाडौंः विश्व बैंकको नेपाल प्रमुख (कन्ट्री म्यानेजर)मा फरिस हदाद जेर्भोस नियुक्त भएका छन् । उनी काठमाडौं आएर मंगलबार पदबहाली गरेको विश्व बैंक नेपालले जनाएको छ ।

जेर्भोस अमेरिकी हुन । सन् २००१ मा मध्यपूर्व र उत्तर अफ्रिका क्षेत्रबाट विश्व बैंकको सेवामा प्रवेश गरेका उनी यसअघि मलेसियाको कन्ट्री म्यानेजरको रुपमा कार्यरत थिए ।

जेर्भोस भन्छन– मलाई लाग्छ यो महत्वपूर्ण समयमा नेपालको सेवा गर्न पाउनु मौका र सम्मान हो । नेपालमा विश्व बैंक स्थापना भएपछिको ५० बर्षमा उत्कृष्ट साझेदारी कायम रहँदै आएको छ । उनी प्रतिस्पर्धाबाट उक्त पदमा छनोट हुन सफल भएको विश्व बैंक नेपालले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement