डीपीएलमा तीन करोड आम्दानी, तीन करोड नै खर्च भयो अरे

Advertisement

काठमाडौंः देशकै सार्वधिक ठुलो धन राशी नगद पुरस्कार भएको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिता सिजन२ को आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको छ । आयोजक धनगढी क्रिकेट एकेडेमी (पीसीए)ले मंगलवार विवरण सार्वजनिक गरेको हो ।

आयोजकका अनुसार प्रतियोगितामा तीन करोड १२ लाख ६७ हजार रुपियाँ आम्दानी गरेको थियो । डीसीएका अध्यक्ष सुवास शाहीले डीपीएल २ मा आम्दानी बराबरकै खर्च भएको बताए ।

आयोजकले मुख्य प्रायोजकको माध्यमबाट करिब ३५ लाख रुपियाँ नगद र उक्त परिणाम बराबरकै अन्य प्रायोजन सहयोग पाएको थियो । अहप्रायोजनबाट र प्रवर्धकहरुबाट ७१ लाख रुपियाँ, प्रायोजकबाट २२ लाख रुपियाँका साथै टिकटबाट १० लाख रुपियाँ आम्दानी गरेको थियो ।

साथै, खर्चमा पुरस्कार राशी ५१ लाख रुपियाँ, हस्पिटालिटी १३ लाख रुपियाँ, खेल मैदान निर्माण गर्दा १९ लाख ७१ हजार रुपियाँ र अतिथी सत्कारमा दुई लाख रुपियाँ खर्च भएको जनाएको छ ।

डीसीएका अध्यक्ष शाहीले डीपीएलले धनगढीको पहिचान वृद्धि गर्दै साजिक र आर्थिक उत्थानमा महत्वपुर्ण भुमिका खेलेको बताए । डीपीएल दैनिक रुपमा विभिन्न माध्यमबाट दुई करोडले हेरेको प्रतियोगिता भएको दाबी आयोजकले गरेको छ ।

Advertisement

Advertisement

Advertisement