बारामा ६६ करोडको मसुरो उत्पादन

Advertisement

कलैयाः बारामा यसवर्ष ६६ करोड तीन लाख लाख ९६ हजार रुपियाँ बराबरको मसुरो उत्पादन भएको छ ।

जिल्ला कृषि कार्यालयका अनुसार आव २०७४/७५ मा कृषकले कूल १० हजार ६ हेक्कटर क्षेत्रफलमा सिमल, शिखर र सिम्रिक जातको मसुरो खेती गरेका थिए । वरिष्ठ अधिकृत शिवरत्न साहले गत वर्षभन्दा यसवर्ष करीब एक हजार ६०० हेक्कटर क्षेत्रफलमा मसुरोखेती हुननसक्दा उत्पादनमा कमी आएको बताए ।

कलैया बजारमा मसुरोको मूल्य प्रतिकिलो ५५ रुपियाँ रहेको छ । आर्थिक वर्ष २०७३/७४ मा कृषकले कूल ११ हजार ६०० हेक्टर क्षेत्रफलमा ७७ करोड १४ लाख रुपियाँको ९५ मेट्रिक टन मसुरो उत्पादन भएको थियो ।

Advertisement

Advertisement

Advertisement