सगरमाथा र ल्होत्सेको चुचुरोबाट नेपाली कफीको प्रचार गरिने

Advertisement

काठमाडौंः नेपालमा उत्पादित नेपाली ब्राण्डको कफीको प्रचार सगरमाथा र लोत्सेको चुचुरोबाट गरिने भएको छ । नेपाली कफीलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउनलाई वारिष्टा दावटी शेर्पाले सरगमाथ र ल्होत्से हिमालको चुचुरोबाट विश्वबजारमा प्रचार गर्ने भएकी हुन् ।

विदेशी कफीको भरमा नेपाल चल्दै आए पनि कफी उत्पादनको लागि नेपालमा प्रवल सम्भावना भएर पनि व्यवस्थापन कमजोर भएकाले यसको प्रचारमा सगरमाथाको चुचुरोबाट प्रचार गर्न लागिएको हो ।

वारिष्टाले कफीको प्रचारको लक्ष्यसहित एकै मौसममा सगरमाथ र ल्होत्से हिमालमा आरोहण गर्दै नयाँ कीर्तिमान बनाउने बताएकी हुन् । आरोहण अनुमती लिएर सेभन समिट ट्रेकबाट उनी हिमाल आरोहण गर्दै छिन् ।

पहिलो पटक सर्वोच शिखरबाट कफीको प्रचार गरेर नेपाली अर्थतन्त्रमा योगदान पुर्याउने भएकाले उनलाई व्यवसायीहरुले सम्मान गरेका छन् । पर्यटन विभागको तथ्याङक अनुसार सगरमाथा आरोहणका लागि सबैभन्दा बढी ३४ विदेशी आरोहण दलका र चार नेपाली र आरोहण दलका २० जना गरि तीन सय ४६ आरोहीले उक्त ऋितुमा सरगमाथाको आरोहण गर्दै छन् ।

Advertisement

Advertisement

Advertisement