बिबिए टी २० क्रिकेट प्रतियोगिता वैशाख ३० देखि

Advertisement

काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान)को सहयोगमा राष्ट्रव्यापी त्रिवि बिबिए टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता–२०७५ यही वैशाख ३० गतेदेखि सुरु हुने भएको छ ।

उक्त प्रतियोगिताका खेल मूलपानीस्थित क्रिकेट मैदानमा हुने जानकारी दिइयो ।

प्रतियोगितामा काठमाडौँ उपत्यकाभित्रका १५ वटा कलेज र उपत्यका बाहिरबाट तीन वटा कलेजले प्रतिस्पर्धा गर्नेछन् ।

उक्त प्रतियोगिताको विजेता टोलीले ५० हजार रुपियाँ तथा उपविजेताले २५ हजार रुपियाँ पाउनेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपियाँ पाउनेछन् भने प्रत्येक खेलका म्यान अफ द म्याच घोषित हुने खेलाडी पाँच हजार रुपियाँ पाउनेछन् ।

प्रतियोगिता जेठ ८ गतेसम्म चल्नेछ ।

Advertisement

Advertisement

Advertisement