नेपाल आउनु अगाडी सामाजिक सञ्जालमार्फत मोदीको नेपालीलाई फकाउने प्रयास

Advertisement

काठमाडौंः नेपाल भ्रमणको अघिल्लो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल अब नयाँ युगमा प्रवेश गरेको छ । भारतीय प्रधानमन्त्री मोदीले नाकाबन्दीको पीडा भुलाउन सामाजिक सञ्जालको माध्मबाट नेपाली जनातालाई फकाउने प्रयास गरेका हुन् ।

भारतको कर्नाटक राज्यको विधान सभा चुनावको प्रचारका लागि मोदी नेपाल आउन लागिएको बताइएको छ । उनले नेपाल आउनु एक दिन अगाडी मात्र नेपालीलाई फकाउने उद्देश्यले नेपाल प्रति भारतको उच्च प्राथमिता दर्शाका थिए ।

ुउनले सामाजिक सञ्जालमा ‘म नेपालका प्रधानमन्त्री केपी ओलीको निमण्त्रणामा नेपाल जाँदै छु । यो प्रधानमन्त्रीको रुपमा नेपालको तेस्रो यात्रा हुनेछ ।’ ‘व्यक्तीगत रुपमा म नेपालका साथ आफ्नो पुरानो, निकट र मैत्रीपूर्ण सम्बन्धले जोडिएको छु ।’

साथै, मोदीले दुई वर्षयता नेपालले तीव्र रुपमा आर्थिक वृद्धि गरेको बताएका छन् । नेपालले लोकतन्त्रबाट बढी भन्दा बढी फाइदा लिँदै आर्थिक वृद्धि र विकासलाई हाँसिल गर्दै नयाँ युगमा प्रवेश गरेको बताएका छन् ।

भारत ‘समृद्ध सरकार, सुखी नेपाली’ को दृष्टिकोणलाई व्यवहारमा उर्तान नेपाल सरकारको एक मजबुद्ध साझेदार बनिरहने बताएका छन् । मोदीले ओलीको भ्रमणको पनि चर्चा गरेका छन् ।

उनले नेपाल आउनु अगाडी दुई देशबीच पछिल्ला केही वर्षमा द्विपक्षीय कनेक्टिभिटी र विकास परियोजनामा पनि स्मरण गरेका छन् ।

Advertisement

Advertisement

Advertisement