सुन भन्दै धातु बेचेर लाखौं ठग्ने दुई जना पक्राउ

Advertisement

काठमाडौंः सुन जस्तो देखिने सात केजी धातु देखाएर ८० लाख रुपियाँ ठगी गर्ने ुदुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सुन भनि सुन जस्तो देखिने धातु बेच्दै पैसा ठगी गर्ने दुई जनालाई पक्राउ गरेको हो ।

महानगरीय अनुसन्धान महाशाखाबाट खटिएको टोलीले रामेछापका ३५ वर्षीय दिपेन्द्र बराइली र सिन्धुपाल्चोकका २७ वर्षीय रमेश बैजुलाई पक्राउ गरेको हो । उनीहरु दुवै जना ललितपुरमा बस्दै आएका थिए ।

प्रहरीले उनीहरुलाई ललितपुर महानगरपालिकाको हरिसिद्धीमा रहेको विकेएम खाजा घरबाट पक्राउ गरेको छ । आरोपीको साथबाट प्रहरीले सुन जस्तो देखिन सात थान बिस्कुट पनि बरामद गरेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

Advertisement

Advertisement

Advertisement