नेपाल बङलादेश बैंकको एकै दिन चार शाखा सञ्चालनमा

Advertisement

काठमाडौंः नेपाल बङलादेश बैंकले शाखा बिस्तारको क्रममा आफ्नो ६२औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले शुक्रवारबाट रौतहटको चन्द्रनिगाहपुर र सर्लाहीको ब्रम्हापूरी, कौडेना विष्णुमा नयाँ शाखाहरुको सञ्चालनमा ल्याएको हो ।

उक्त कार्यक्रमहरुको उद्घाटन, बैंकका संचालक माधवप्रसाद न्यौपानेले गरेका थिए । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

साथै यी शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।

ब्रम्हापूरी, कौडेना, विष्णु (सिमरा) र चन्द्रनिगाहपुर शाखाहरु सहित बैंकले ६२ शाखा, पाँच एक्सटेन्सन काउन्टर, सात शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ५० वटा एटिएमबाट सुविधा दिंदै आएको छ ।

Advertisement

Advertisement

Advertisement