नेशनल लाइफ इन्स्योरेन्स र गण्डकी विकास बैंकबीच बैंकासुरेन्स सम्झौता

Advertisement

काठमाडौंः नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र पोखराको गण्डकी विकास बैंकबीच बिहीवार बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौता पत्रमा नेशनल लाइफका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेत र गण्डकी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले हस्ताक्षर गरे ।

सम्झौता अनुसार उक्त बैंकका सम्पूर्ण शाखाहरुमार्फत नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका सबै बीमा लेखहरु खरीद गर्न तथा जीवन बीमा सम्बन्धि अन्य आवश्यक सेवाहरु उपलब्ध हुनेछन् । सम्झौताले बीमाको पहुँच बढाउन सहयोग पुग्ने नेशनलको विश्वास छ ।

Advertisement

Advertisement

Advertisement