वसन्तपुरमा खुल्यो क्याफे कफी डे को नयाँ आउटलेट

Advertisement

काठमाडौंः नेपालमा आक्रमक रुपमा बजार बिस्तार गरिरहेको भारतीय मल्टिनेशनल कफी ब्राण्ड क्याफे कफी डे (सीसीडी)ले एक वर्षको बीचमा दोस्रो आउटलेट सञ्चालनमा ल्याएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौंको बसन्तपुर दरवार स्क्वाएर सीसीडीको नयाँ आउटलेट शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

सीसीडीको नेपालमा बजारीकरण गरिरहेको स्ताभ्या इन्टरनेशनलले एक वर्षअघि ललितपुरको कुमारीपाटीमा पहिलो आउटलेट स्थापना गरेको थियो । वसन्तरपुरको आउटलेटको उद्घाटन शुक्रबार विश्व बैंकका नेपाल प्रतिनिधि रशिद रियानले गरेका हुन् । एक करोडभन्दा बढीको लगानीमा सञ्चालनमा आएको यस कफी सपमा कफीका बिभिन्न भेराइटीका अलावा फाष्टफुड पनि उपलब्ध हुनेछ ।

नेपालमा बढ्दै गएको कफी कल्चरलाई लक्षित गरी भविश्यमा नेपालकै सबैभन्दा ठूलो कफी चेन नेटवर्कको रुपमा स्थापित गर्ने लक्ष्यअनुसार सीसीडीको बजारीकरण गरिरहेको स्ताभ्या इन्टरनेशनलका प्रमुख रवि तेब्रेवालले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement