मुक्तिनाथ दर्शनका लागि मोदी लागे मुस्ताङतिर

Advertisement

काठमाडौंः दुई दिने नेपाल भ्रमणमा रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार बिहानै मुक्तिनाथ दर्शनका लागि मुस्ताङतर्फ लागेका छन् ।

मुक्तिनाथको दर्शन र पूजाका लागि मोदी हेलिकोप्टर चढेर मुस्ताङ प्रस्थान गरेका हुन् । हिन्दुवादी नेताका रुपमा बढि चिनिएका मोदीको यस पटकको भ्रमण पनि बढी धार्मिक खालको छ ।

आउँदा आउँदै जनकपुरमा जानकी मन्दिरमा पुजा गरेका मोदीले मुक्तिनाथ र पशुपतिनाथको समेत दर्शन गर्नेछन् । मुक्तिनाथमा केहीबेर पूजा अर्चना गरेपछि उनी विशेष पुजाका लागि पशुपतिनाथ आउने छन् । मोदी आजै भारत फर्कने कार्यक्रम छ ।

Advertisement

Advertisement

Advertisement