आइपीएलमा सन्दिपको डेब्यु, भारतीय कप्तान विराटको टोलीविरुद्ध खेल्दै

Advertisement

दिल्लीः इण्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) मा २० लाख भारुमा आबद्ध भएका नेपालका सन्दिप लामिछानेले आजको खेलमा डेब्यू गर्ने भएका छन् । उनले आफ्नो टोली विरुद्ध भारतीय कप्तान विराट कोहोलीको टोली रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध को खेलबाट आइपीएलमा डेब्यु गर्न लागेका हुन् ।

उनी दिल्लीका अघिल्ला ११ खेलसम्म बेञ्चमा बसिरहेका थिए । आइपीएलमा आबद्ध हुने उनी पहिलो नेपाली खेलाडी हुन् । खेलेका ११ मध्ये मात्र ३ खेल जितेको दिल्ली अंक तालिका तालिकाको पुछारमा छ र समूह चरणबाटै बाहिरिने सम्भावना बढी छ ।

Advertisement

Advertisement

Advertisement