सामुदायिक विद्युत् उपभोक्ता महासंघमा पुनः ज्ञवाली

Advertisement

काठमाडौंः सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघको शनिबार सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनले नारायण ज्ञवालीको अध्यक्षतामा तीन वर्षका लागि नयाँ कार्यसमितिको चयन गरेको छ ।

महासंघको उपाध्यक्ष श्रीकान्त घिमिरे, महिला उपाध्यक्षमा मीना खड्का, महासचिवमा रामकृष्ण हुमागार्इं, सचिवमा यमबहादुर पछाई र कोषाध्यक्ष ज्ञानु पाण्डे निर्वाचित भएका छन् ।

यसैगरी, केन्द्रीय सदस्यमा १ नं प्रदेशबाट भूमिका सुब्बा र नागेश पोख्रेल, २ नं बाट दुर्गा चौंलागाई र विजय गैरे, ३ नं बाट अनिता मैनाली र हरिशरण तामाङ, ४ नं बाट फूलमाया वाग्ले र देवेन्द्र गुरुङ, ५ नं बाट विदय थापा र मीरा मरासिनी तथा ७ नं प्रदेशबाट प्रदीप शाह, खुला सदस्यमा शेरबहादुर बस्नेत, हरि छन्त्याल, जंगबहादुर महतो, राजेश्वर ढकाल, सार्कीमान तामाङ निर्वाचित भएका छन् ।

Advertisement

Advertisement

Advertisement