प्यूठानमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, २५ घाइते

Advertisement

सरुमारानीः महेन्द्रनगरबाट प्यूठानतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । प्यूठानको सरुमारानीमा आज बिहान ३ बजे बस दुर्घटना भएको हो ।

ना४ख८१७६ नम्बरको बस दुर्घटना भई सडकबाट दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि २५ जना भन्दा बढी घाइते भएको प्यूठान प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि बसका चालक वीरबहादुर चौधरीको पनि मृत्यु भएको त भने उनको मात्र सनाखत हुन सकेको छ । अन्य मृतकको भने सनाखत हुन सकेको छैन । दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले घाइतेहरुलाई उद्दार गरेर अस्पताल पुर्याएका छन् ।

घाइतेलाई उपचारको लागि प्यूठान जिल्ला अस्पतालमा र बुटवलमा लगिएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

Advertisement

Advertisement

Advertisement