आइपीएलमा विराट कोहोलीविरुद्ध बलिङ गर्दा इन्जोय गरेः सन्दीप

Advertisement

दिल्लीः रोयल च्यालेन्जर्स ब्याङलोरविरुद्धको खेलबाट आइपीएलमा डेब्यु गर्दा सन्दिप लामिछानेले दवाबभन्दा पनि इन्जोय गरेको बताए । उनी आइपीएलमा खेल्ने १३औं राष्ट्रको रुपमा डेब्यु गरेका हुन् । यस अघि आइपीएलमा १० टेष्ट खेल्ने राष्ट्र र नेदरल्याण्डस र अफगानिस्तानका खेलाडीले मात्र खेलेका थिए ।

गए राति भएको खेलमा उनले ब्याङलोरविरुद्ध खेलेपछि माइकल क्लार्कसँगको कुरा गर्दै आफुले मौका पाएकामा खुसी लागेको बताए । सन्दिपले टिमले नजिते पनि आइपीएलमा खेल्ने मौका पाउनु ठुलो भएको बताए ।

दिल्लीका लागि ब्याङलोरका लागि बलिङ गर्दै खुसी भएको र आफुले उत्कृष्ट प्रदर्शन गर्नलाई सक्षम भएको बताए । उनले संसारभरबाट आफुलाई म्यासेज आएको थियो र उहाँहरु मलाई मैदानमा हेर्न चाहेकाले त्यो सपना पुरा भएको बताए ।

उनले विश्वकै उत्कृष्ट ब्याटसम्यानविरुद्ध बलिङ गर्न पाउँदा खुसी लागेको बताए । सन्दिपले खेलमा आफुले भरपुर मजा लिएको बताए ।

गए रातिको मैदानमा उत्रिएका पाँच बलरमध्ये सबैभन्दा उत्कृष्ट सन्दिप रहे । उनले ४ ओभर बलिङ गरेका उनले २५ रन खर्चेर १ विकेट लिएका थिए । उनले आफ्नो दोस्रो ओभरमा पार्थिव पटेललाई आउट गरेका थिए ।

Advertisement

Advertisement

Advertisement