शिखर इन्स्योरेन्सले कमायो ३१ करोड नाफा

Advertisement

काठमाडौंः निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३१ करोड एक लाख रुपियाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा १६ दशमलव ४१ प्रतिशतले वृद्धि गर्दै उक्त ३१ करोड बराबरको नाफा कमाएको हो ।

इन्स्योरेन्सको एक अर्ब पाँच करोड ६३ लाख रुपियाँ चुक्ता पुँजी रहेको छ । कम्पनीको जगेडा कोषमा १८ करोड २० लाख रुपियाँ छ । बीमा कोषमा ३३ दशमलव ६७ प्रतिशतले वेद्धि गर्दै ७९ करोड चार लाख रुपियाँ पुगेको छ ।

शिखरको आम्दानीमा १६ दशमलव ४७ प्रतिशतले वृद्धि भई ५० करोड ९७ लाख रुपियाँ पुगेको छ । कम्पनीको खुद आम्दानी एक अर्ब २२ करोड रुपियाँ पुगेको छ भने कुल दुई अर्ब ४५ करोड ९२ लाख रुपियाँ पुगेको छ ।

Advertisement

Advertisement

Advertisement