अमेरिकी डलरको मूल्य १०८ रुपियाँ पुग्दा रेमिट्यान्समा फाइदा, आयातमा घाटा

Advertisement

काठमाडौंः पछिल्लो समयमा लगातार अमेरिकी डलर महँगीरहेको बेलामा आइतवार एक डलरको बिक्रीदर १०८ रुपियाँ ३ पैसा पुगेको छ । गत आइतवार एक डलरको बिक्री मूल्य १०७ रुपियाँ २८ पैसा थियो ।

नेपाल राष्ट्र बैंकले आइतवार एक अमेरिकी डलरको बिक्रीखर १०८ दशमलव ३ रुपियाँ र खरिद मूल्य १०७ रुपियाँ ४७ पैसा तोकेको हो । एक डलरको खरिद मूल्य भने १०७ रुपियाँ ४७ पैसा कायम भएको छ ।

गएको हप्ताको आइतवार डलरको खरिद मूल्य १०६ रुपियाँ ६८ पैसा तोकिएको थियो । विगत एक महिनाको तुलनामा आज (आइतवार) डलरको भाउ चार रुपियाँले बढेको छ ।

डलरको बिक्री मूल्य चैतको अन्तिम दिनमा १०४ रुपियाँ ७२ पैसा थियो भने खरिद मूल्य १०४ रुपियाँ १२ पैसा थियो ।

नेपालको अर्थतन्त्र भारतसँग निर्भर रहेकाले भारतीय मुद्रा कमजोर हुँदा नेपाली मुद्रा स्वत कमजोर हुने बताइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले लिएको नीतिले अमेरिकी अर्थतन्त्र बलियो बन्दा लगातार अमेरिकी डलरको भाउ आकासियको छ ।

उनको नीतिले अमेरिकामा रोजगारीको अवसर सृजना भएको र उत्तर कोरियाको त्रास हट्दै जानु पनि अमेरिकी डलरको भाउ महँगिनु कारण भएको विज्ञहरुले बताएका छन् ।

डलरको भाउ बढ्दा नेपालले आयात गर्ने सामानको भाउ पनि महँगीने भएकाले नेपालको अर्थतन्त्र कमाजोर हुँदै जानेछ । तर, नेपाल भित्रने रेमिट्यान्समा भने डलरको भाउ वृद्धिहुँदा सकरात्मक असर पर्ने छ ।

डलर महँगिएसँग मलेसियन रिंगेत, साउदीको र कतारको रियाल र दुबईको दिराम मूल्य भने बढेको छ । आज मलेसियन रिंगेटको मूल्य २७ रुपियाँ ३५ पैसा, साउदीको रियाल २८ रुपियाँ ८० पैसा पुगेको छ ।

यस्तै कतारी रियाल २९ रुपियाँ ६७ पैसा र दुबईको दिराम २९ रुपियाँ ४१ पैसा कायम भएको छ ।

Advertisement

Advertisement

Advertisement