नेपाल इन्भेष्टमेन्ट बैंकको चार शाखा सञ्चालनमा

Advertisement

काठमाडौंः नेपाल इन्भेष्टमेन्ट बैंकले देशका विभिन्न स्थानहरुमा चारवटा शाखा कार्यलय सञ्चालनमा ल्याएको छ । बैंकले दोलखा, पाँचथर, नुवाकोट र रामेछापटमा गरि चार वटा शाखाहरु सञ्चालनमा ल्याएको हो ।

दोलखाको बिगु गाउँपालिकाको सिंगटी, नुवाकोटको चोकदे, रामेछापको धोविबजार र पाँचथरको राँकेमा शाखा कार्यलयहरु सञ्चालनमा ल्याएको छ । बैंकले रसुवाको धुन्चेमा एक एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

उक्त एक्स्टेन्सन काउन्टरसँगै बैंकको देशभर ७० एक्स्टेन्सन काउन्टर पुगेको जनाएको छ । हाल बैंकको ७२ वटा शाखा कार्यलय, ९८ एटीएमबाट सेवा दिँदै आएको छ । यस्तै पाँच लाख ५० हजारभन्दा बढी डबिड कार्ड प्रयोगकर्ता रहेको जनाएको छ ।

बैंकको १० अर्ब ६४ करोड रुपियाँ चुक्ता पूँजी रहेको छ । साथै, नैत मसान्तसम्ममा एक सय ३० अर्ब रुपियाँ निक्षेप संकलन गरेको छ ।

Advertisement

Advertisement

Advertisement